Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

रास्वपा बैठक

रास्वपा केन्द्रीय समितिको बैठक जारी

रास्वपा केन्द्रीय समितिको बैठक जारी


  • 2.3K
    Shares

    रास्वपा केन्द्रीय समितिको बैठक जारी
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक पार्टी कार्यालय चःमतिमा जारी छ।

    बिहान ११ बजेदेखि बसिरहेको बैठकमा पार्टी गतिविधि र समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए। 

    बैठकमा विभाग प्रमुख मनोनयन, विधान संशोधन प्रक्रिया थालनी र कार्यदल पुनर्गठन, क्लोज क्याम्पबारे छलफल भइरहेको झाले बताए।

    त्यस्तै बैठकमा कर्णाली विशेष अभियान, प्रदेश अभिमुखीकरण र जिल्ला बैठकबारे पनि छलफल जारी छ। आजको बैठकले सल्लाहकार परिषदमा मनोनयन गर्नेबारे पनि निर्णय गर्ने उनले बताए।

    केन्द्रीय विभागको बाँकी रहेको मनोनयनबारे छलफल र अनुमोदन गर्ने कार्यसूची रहेको उनले बताए।
     

    प्रकाशित मिति :श्रावण १० २०८१ बिहिवार - १२:३४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij