२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । प्रतिनिधि सभाको बैठकको छलफल चलि रहँदा नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा छैनन् । आफैँले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफल जारी रहँदा ओली बैठकस्थलबाट बाहिरिएका हुन् ।
आइतबार प्रतिनिधिसभामा आफ्नो प्रस्ताव पेस भएपनि केही बेर बैठकमा बसेका उनी माओवादी केन्द्रका नेता वर्षमान पुनले धारणा राख्ने बेलामा बाहिरिए । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी गरेका छन् । विश्वासको मतसम्बन्धि प्रस्तावमाथि बोल्न अध्यक्ष नेपाल रोष्ट्रममा पुगेका बेला प्रधानमन्त्री थिएनन्। त्यसपछि अध्यक्ष नेपालले उनको खोजी गरेका हुन्।
‘सर्वप्रथम त प्रधानमन्त्री नियुक्त हुनुभएकोमा केपी शर्मा ओलीलाई औपचारिकरूपमा बधाई ज्ञापन गर्न चाहन्छु। मैले प्रधानमन्त्रीज्यूलाई देखिरहेको छैन। उहाँले आफ्नो विश्वासको निम्ति मत मागिरहनुभएको छ। तर उहाँ यो हलबाट बेपत्ता हुनुहुन्छ। उहाँले संसदलाई महत्त्व नदिएको लाग्यो। उहाँका लागि महत्त्वपूर्ण कुरा भनेको आजको सदनमा आजको पूरा समय उपस्थिति आवश्यक थियो। सबैका विचार, धारणाहरू सुन्ने धैर्य राख्नुपर्छ,’ उनले भने।
सदनमा अहिले अध्यक्ष नेपाल बोलिरहेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij