Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

न्यायालय

प्रधानमन्त्री ओलीको नियुक्ति : संवैधानिक इजलासमा पठाउने सर्वोच्चको आदेश

प्रधानमन्त्री ओलीको नियुक्ति : संवैधानिक इजलासमा पठाउने सर्वोच्चको आदेश


  • 3.0K
    Shares

    प्रधानमन्त्री ओलीको नियुक्ति : संवैधानिक इजलासमा पठाउने सर्वोच्चको आदेश
    images

    काठमाडौं । प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई गरिएको नियुक्तिमा गलत धाराको प्रयोग भएको दाबी गरिएको रिट अब संवैधानिक इजलासले सुनुवाइ गर्ने भएको छ।

    न्यायाधीश बालकृष्ण ढकालको इजलासले उक्त मुद्दा संवैधानिक इजलासले सुनुवाइ गर्न उपयुक्त भएको भन्दै संवैधानिक इजलासमा पठाएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार गरेको नियुक्ति गैर कानुनी रहेको भन्दै तीन जना अधिवक्ताले असार ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।  योसँगै प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको इजलासले उक्त विवादमा सुनुवाइ गर्ने छ।

    उनीहरूले उपधारा २ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः उपधारा ३ आकर्षित हुने र यस अनुसार सबैभन्दा ठुलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न पर्ने दाबी गरिएको थियो । अघिल्लो कार्यकालमा राष्ट्रपति विद्या भण्डारीले ओलीले विश्वासको मत नपाएपछि यही अवस्थामा उपधारा ३ बमोजिम फेरि प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । यही  नजिरले अहिलेको नियुक्ति अवैधानिक हुने दाबी रिटमा गरिएको थियो ।

    यो आदेशसँगै अव प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश संलग्न हुने संवैधानिक इजलासले यसको सुनुवाइ गर्ने छ। विगतमा  प्रतिनिधि सभा विघटनका मुद्दाहरू संवैधानिक इजलासले नै किनारा गरेका थिए ।

    प्रकाशित मिति :श्रावण ६ २०८१ आइतवार - १४:५८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij