२०८२ कार्तिक २१ गते शुक्रवार
बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालाई अघि सार्ने निर्णय भएको छ।
आइतबार प्रदेश संसदीय दलको कार्यालय, हेटौंडामा बसेको बैठकलले लामालाई मुख्यमन्त्रीमा पठाउने निर्णय भएको कांग्रेस बागमती प्रदेशका सचेतक गोविन्द लम्सालले बताए।
बागमतीका वर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज सदनबाट विश्वासको मत लिँदैछन्।
उनले विश्वासको मत नपाउने निश्चित भएपछि कांग्रेस र एमालेको सत्ता समीकरणमा बन्ने सरकारको नेतृत्व कांग्रेसले पाउने भएको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij