Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

उपसभामुख रानाको राजीनामामा सत्ता पक्ष अडिग, सिता गुरूङलाई उपसभामुख बनाउने तयारी

उपसभामुख रानाको राजीनामामा सत्ता पक्ष अडिग, सिता गुरूङलाई उपसभामुख बनाउने तयारी


  • 5.6K
    Shares

    उपसभामुख रानाको राजीनामामा सत्ता पक्ष अडिग, सिता गुरूङलाई उपसभामुख बनाउने तयारी
    images

    काठमाडौं  । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाको राजीनामा नै माग्ने तयारी गरेको छ । पार्टीको बैठक राखेर रानाको राजीनामा माग्नेगरि कांग्रेस नेताहरुले तयारी गरेका छन् । उपसभामुख पदको चरम दुरूपयोग गरेको (नेपाली युवाहरुलाई भिसाको लागि डेट लिन गरेको पत्राचार) निश्कर्षसहित कांग्रेसले उनको राजीनामा माग्न लागेको हो ।

    देउवानिकट सांसद रामहरि खतिवडाले समेत उपसभामुख रानाले राजीनामा दिनुपर्ने आवाज उठाएका छन् । उनले आफू नेतृत्वको राज्य व्यवस्था तथा सुशासन समितिमा समेत रानाको विषयमा उजुरी परेकोले छलफल गरिने जानकारी गराईसकेका छन् ।

    स्वयम रानाले पनि उक्त विवादबारे मुख खोलेकी छिन् । सभामुख बन्नुअघि राना आवद्ध रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले समेत रानाको उक्त पत्राचारबारे सभामुख देवराज घिमिरेसँग सोधीखोजी गरिसकेको चर्चा छ । सभामुख घिमिरेले पनि रानासँग उक्त विषयमा छलफल गरेको बुझिएको छ ।

    प्रमुख सत्तारुढ दलले उपसभामुख रानाको राजीनामा माग्नेगरि रणनीति बनाएका छन् । कतिपयले सत्तापक्षले धेरैअघिको विषय अहिले आएर जानी बुझिकन उठाउनुले उपसभामुखबाट रानालाई हटाएर सत्तानिकट उपसभामुख ल्याउन खोजेको पनि भनेर चर्चा गरेका छन् । संवैधानिक परिषद्मा सत्ताअनुकुल संख्या बनाउनको लागि पनि उपसभामुखलाई हटाउनुपर्ने उनीहरुको बाध्यताबारे चर्चा चलेको छ । यद्धपी यसमा सत्यता नरहेको सत्ता पक्षका नेताहरुको दाबी छ ।

    अहिले संवैधानिक परिषद्मा सत्ता पक्षको बहुमत छैन् । आईतबारसम्म रानाको राजीनामा माग्नेगरि सत्ता पक्षको तयारी छ । र, रानाको राजीनामालगत्तै उक्त पदमा कांग्रेसबाट निर्वाचित सांसद सिता गुरुङलाई अघि सार्ने सत्ता पक्षको तयारीबारे अहिलेदेखि नै गाईंगुईं चलिरहेको छ ।

    प्रकाशित मिति :श्रावण ४ २०८१ शुक्रवार - १७:१९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij