Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

विवादमा मुछिएकी उपसभामुखसँग रास्वपाले गर्‍यो सोधपुछ

विवादमा मुछिएकी उपसभामुखसँग रास्वपाले गर्‍यो सोधपुछ


  • 2.7K
    Shares

    विवादमा मुछिएकी उपसभामुखसँग रास्वपाले गर्‍यो सोधपुछ
    images

    काठमाडौं । आफ्नो पार्टीबाट निर्वाचित उपसभामुख इन्दिरा राना गम्भीर विवादमा मुछिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले यसबारे आन्तरिक रूपमा छानबिन थालेको छ । पार्टीका उपसभापति डोलप्रसाद अर्यालले उपसभामुख रानासँग समेत सोधपुछ गरेका छन् ।

    उपसभामुखले आफ्नो ओहदाको दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र सार्वजनिक भएको थियो । पत्रमा उनले आफूसहित केही अञ्जान व्यक्तिहरूलाई भिसाको अन्तर्वार्ताका लागि डेट मिलाइदिन सिफारिस गरेकी छन् ।

    संसद्सँग असम्बन्धित व्यक्तिहरूलाई आफ्नो टिममा राखेर सिफारिस गरिएको पाइएपछि रानामाथि प्रश्न उठेको हो । यद्यपि, ती व्यक्तिहरूले अन्तर्वार्ताको डेट पाउन सकेनन् । उपसभामुख एक्लै अमेरिका गएर फर्केकी थिइन् ।

    उपसभापति अर्यालले बाहिर आएका विषयवस्तुबारे पार्टीले अध्ययन गरिरहेको बताए । भिसाका लागि नभएर अन्तर्वार्ताको डेटका लागि मात्र सिफारिस गरिएको हुँदा यो त्यति ठूलो विषय नभएको उनको भनाइ छ ।

    आफूले उपसभामुख रानासँग सोधपुछ र छलफल पनि गरिरहेको उनले जानकारी दिए । उपसभामुख रानाले गलत नियतले पत्र नलेखेको बताएकी छन् । यो कार्यमा कुनै आर्थिक लेनदेन नदेखिएको उनको दाबी छ ।

    प्रकाशित मिति :श्रावण ४ २०८१ शुक्रवार - १२:१४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij