२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । आगामी साउन १५ गतेको अवधिमा ६ वटा प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने निर्णय भएको छ ।
सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरुबीचको छलफलमा ६ वटा बैठक सञ्चालन गर्ने र ती बैठकलाई प्रभावकारी बनाउने समझदारी जुटेको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनका अनुसार साउन ६ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिनेछन् । सो दिनसहित लगातार साउन ७ र ८ गते पनि बैठक बस्नेछ ।
त्यसपछि भने ९, १० र ११ गते संसदीय समितिको बैठक बस्नका लागि समय प्रधान गरिने जानकारी दिँदै बर्तौलाले १३, १४ र १५ गते फेरि संसद् बैठक बस्नेगरी बिहीबारको बैठकमा समझदारी जुटाइएको बताए ।
यस्तै ६ वटा वैठकमा कुन विधेयकहरु कुन दिन पेश गर्ने भनेर प्राथमिकता पनि तय गरिएको जानकारी दिँदै शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णयलाई अनुमोदन गरेर अघि बढिने जानकारी दिए । ‘भोलि १ बजे कार्यव्यवस्थाको बैठक बस्छ । त्यो बैठकले निर्णयहरु अनुमोदन गर्छौँ’, उनले भने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij