२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट अलग भएको समूहले वैज्ञानिक समाजवादी पार्टी गठन गर्ने बताएको छ ।
संयोजक मोहन वैद्य किरणसँग वैचारिक, सैद्धान्तिक र साङ्गठनिक मतभेद भएपछि मंगलबार पार्टीबाट अलग भएको घोषणा गरेका थिए ।
सो पार्टीबाट अलग भएको समूहले धर्मेन्द्र बास्तोलाको नेतृत्वमा एकता प्रक्रिया असफल भएकाले नयाँ पार्टी गठन गर्ने बताएको हो ।
उनले अब पार्टीमा नफर्किने भन्दै नयाँ वैज्ञानिक समाजवादी पार्टी निर्माणमा लाग्ने स्पष्ट पारे । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा जान लागिएको चर्चा हल्ला मात्र भएको उनले बताए ।
‘वैज्ञानिक समाजवादी पार्टी निर्माण अहिलेको आवश्यकता हो । क्रान्तिकारी पार्टीसँग वैचारिक, सैद्धान्तिक र सांगठानिक रूपमा थुप्रै मतभेद रहे । फेरी पार्टीमा फर्किने भन्ने हुँदैन । नयाँ पार्टी निर्माण लाग्नेछौँ ।
एकता प्रक्रियामा जोडिएका नेकपा बहुमतको सिङ्गै टिम अलग्गिएका छौँ । आगामी योजनाबारे छलफल भइरहेको छ । विप्लवको पार्टीमा जाने भन्ने कुरा वाहियातको हल्ला मात्र हो’, उनले भने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij