२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं . आगामी आइतबार विश्वासको लिने निर्णयमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले साना दलहरूसँग संवाद अघि बढाएका छन् ।
आइतबार संसद्मा विश्वासको मत लिनेगरि संसद् सचिवालयसँग परामर्श गरिरहेका ओलीले दुईतिहाइ समर्थन जुटाउन समर्थन जनाइनसकेका दलसँग संवाद बढाएका हुन् ।
ओलीले विश्वासको मतका लागि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग संवाद गर्ने भएका छन् ।
त्यसैगरी जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई पनि विश्वासमा लिने गरी उनले छलफल गर्दैछन् । एमालेसमेतको समर्थनमा जनमतले मधेश सरकारको नेतृत्व गरिरहेको छ ।
अशोक राईको जसपा, उपेन्द्रको जसपा नेपाल र सीकेको जनमतले ओलीलाई विश्वासको मत दिने सम्भावना बलियो छ । अशोक राई र सीके राउत ओलीसँग सकारात्मक छन् ।
उता यादव भने वैशाख २३ गते आफ्नो दल फुटाइदिएकोमा रुष्ट छन् । आफूसँग रुष्ट यादवलाई पनि फकाएर विश्वासको मतमा समर्थन जुटाउने योजना ओलीको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij