Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

ओलीसँग टक्कर लिइरहेका नेता माधव नेपाल अन्य कम्युनिष्ट पार्टीसँगको छलफलमा

ओलीसँग टक्कर लिइरहेका नेता माधव नेपाल अन्य कम्युनिष्ट पार्टीसँगको छलफलमा


  • 6.9K
    Shares

    ओलीसँग टक्कर लिइरहेका नेता माधव नेपाल अन्य कम्युनिष्ट पार्टीसँगको छलफलमा
    images

    काठमाडौं । पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग कडा टक्कर परिरहेका बेला एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अन्य कम्युनिस्ट पार्टीका नेतासँगको भेटवार्तालाई तीव्र पारेका छन् ।

    आफूलाई पार्टीबाट निलम्बन गरेको निर्णय सार्वजनिक गर्नुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका नेता नेपालले त्यही दिन अन्य २ कम्युनिस्ट पार्टीका प्रमुखसँग गोप्य छलफल गरेको खुलासा भएको छ ।

    स्रोतका अनुसार नेता नेपालले सोमबार आफूलाई निलम्बन गरिएको पत्र सार्वजनिक गरिनुअघि नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलसँग भेटवार्ता गरेका हुन् ।

    कोटेश्वर क्षेत्रमा करिब २ घण्टा भएको भेटवार्तामा भीम रावल र सुरेन्द्र पाण्डे पनि सहभागी रहेको स्रोतले जानकारी दिएको छ । बृहत् कम्युनिस्ट ध्रुवीकरणका लागि नेता नेपालले कम्युनिस्ट घटकहरूसँगको छलफललाई तीव्र बनाएको स्रोतको भनाइ छ ।

    सोमबारै नेता नेपालले व्यवसायी टपिन्द्र तिमिल्सिनाको घरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेको थिए ।त्यसलगत्तैजसो नेताद्वय नेपाल र रावललाई अध्यक्ष ओलीले ६ महिनाका लागि पार्टीको साधारण सदस्यताबाटै निलम्बन गरिएको घोषणा गरेका हुन् ।

    प्रकाशित मिति :चैत्र १७ २०७७ मंगलवार - १०:३७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij