Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

मुलुकलाई निकास दिन कांग्रेस–एमाले गठबन्धन’

मुलुकलाई निकास दिन कांग्रेस–एमाले गठबन्धन’


  • 2.4K
    Shares

    मुलुकलाई निकास दिन कांग्रेस–एमाले गठबन्धन’
    images

    पाँचथर । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले प्रमुख राजनीतिक दलको सत्तासमीकरण सरकार बदल्नका मात्र नभई मुलुकलाई निकास दिनका लागि भएको जिकिर गरेका छन् ।

    पाँचथरको फिदिममा आज आयोजित कार्यक्रममा उहाँले कांग्रेस र नेकपा (एमाले) बीच देशमा रहेका मूलभूत समस्या समाधान, राजनीतिक स्थायित्वमार्फत विकास र समृद्धिका लागि सत्ता सहकार्य भएको बताए ।

    “मुलुकमा देखिएको अन्योल र अस्थिरता अन्त्य गर्न हामी एक ठाउँ भएका हौँ”, आङ्देम्बेले भने, “यो गठबन्धन सरकार परिवर्तनका लागि मात्रै भएको होइन । यस गठबन्धनको मुख्य प्राथमिकता राजनीतिक स्थिरताबाट समृद्धि प्राप्त गर्नु हो ।”

    उनले दुवै दलले विगतमा जस्तो नियति दोहोरिन नदिन पहल गर्नुपर्ने समेत धारणा राखे ।

    गठबन्धनको संस्कृतिले नेताहरूलाई पालैपालो प्रधानमन्त्री, मन्त्री हुने अवसर दिए पनि विकासका कुरा ओझेलमा परेको जनगुनसा रहेकाले त्यसलाई चिर्ने गरी सरकारले काम गर्नुपर्नेमा सहमहामन्त्री आङ्देम्बेको जोड थियो । 

    प्रकाशित मिति :श्रावण १ २०८१ मंगलवार - २०:४०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij