Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

दल विभाजन

क्रान्तिकारी कम्युनिष्ट पार्टी फुट्यो : धर्मेन्द्र बाँस्तोला समूह बाहिरियो, अब मोहन वैद्य एक्लै

क्रान्तिकारी कम्युनिष्ट पार्टी फुट्यो : धर्मेन्द्र बाँस्तोला समूह बाहिरियो, अब मोहन वैद्य एक्लै


  • 3.0K
    Shares

    क्रान्तिकारी कम्युनिष्ट पार्टी फुट्यो : धर्मेन्द्र बाँस्तोला समूह बाहिरियो, अब मोहन वैद्य एक्लै
    images

    काठमाडौं । मोहन वैद्य किरण र धर्मेन्द्र बाँस्तोलाको पार्टी एकता भएको दुई वर्षमै फुटेको छ ।

    मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा सहसंयोजक रहेका धर्मेन्द्र बाँस्तोलाले मंगलबार वक्तव्य जारी गर्दै पार्टी फुटेको घोषणा गरेका छन् ।

    माओवादी फुटेर मोहन वैद्य हुँदै विप्लव नेतृत्वको माओवादीमा पुगेका बाँस्तोलाले आफ्नै नेतृत्वमा नेकपा जनमत गठन गरेका थिए ।

    २०७९ साउन २० गते उनी र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबीच एकता भएको थियो ।

    बाँस्तोलाले वैद्य नेतृत्वमा पार्टी अघि बढ्न नसक्ने ठोकुवा गरेका छन् । वैज्ञानिक समाजवादकै कार्यदिशा मानेर जाने निर्णय गरे पनि बहसको प्रक्रियालाई अनुसन्धानमूलक र रुपान्तरणकारी बनाउने प्रयासमा अवरोध गरिएको उनले आरोप लगाएका छन् ।

    पछिल्लो केन्द्रीय समिति बैठकपछि १९ असारमा वक्तव्य निकाल्ने क्रममा वैद्यले माओवाद र माओ विचारधारालाई पथप्रदर्शक सिद्धान्त मान्दै वैज्ञानिक समाजवादमा जाने राजनीतिक कार्यदिशा अवलम्बन गरेको दाबी गर्दै बहस लाई निषेध गरेको उनले वक्तव्यमा लेखेका छन् ।

    प्रकाशित मिति :श्रावण १ २०८१ मंगलवार - १९:०९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij