Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

संसद् बैठक

राष्ट्रिय सभा बैठकबाट आज कुन-कुन विधेयक पारित गरियो ?

राष्ट्रिय सभा बैठकबाट आज कुन-कुन विधेयक पारित गरियो ?


  • 2.5K
    Shares

    राष्ट्रिय सभा बैठकबाट आज कुन-कुन विधेयक पारित गरियो ?
    images

    काठमाडौं । राष्ट्रिय सभाले तीन वटा विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको छ ।

    यसअघि ‘आर्थिक विधेयक २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ सदनमा दफावार छलफल भएको थियो ।

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा छलफलपछि पारित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सदनले सर्वसम्मतले पारित गरेको हो ।

    बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले तीनवटै विधेयक छलफलका लागि प्रतिनिधिसभामा फिर्ता पठाइएको जानकारी गराए ।

    आर्थिक विधेयक, २०८१ माथिको छलफलमा सांसदहरु भगवती न्यौपाने र राजेन्द्र लक्ष्मी गैरेले उठाउनुभएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले ठूला कम्पनीले करको दायित्व घटाउने वा कर छल्नसक्ने खालका आशङ्का गरे तापनि त्यो सम्भावना नरहेको स्पष्ट पारे । 

    यसअघि बैठकमा अध्यक्ष दाहालले विधेयक प्रमाणीकरण, मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको, मन्त्रिपरिषद्को कार्यसञ्चालन, प्रधानमन्त्री पदमा नियुक्ति र मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्र वाचन गरेका थिए ।

    राष्ट्रियसभाको अर्को बैठक साउन ४ गते शुक्रबार १ः१५ बजे बस्नेछ ।

    प्रकाशित मिति :आषाढ ३१ २०८१ सोमवार - १७:५४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij