२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको २२ सदस्यीय वर्तमान मन्त्रिपरिषद्मा दलित समुदायबाट एक जना पनि मन्त्री नियुक्त भएका छैनन् भने १० नयाँ अनुहार छन् ।
सोमबार विस्तार भएको मन्त्रिपरिषद्मा जनजाति, आर्य, मधेसी लगायत समुदायबाट प्रतिनिधित्व हुँदा १३ प्रतिशत रहेको दलित समुदायको उपस्थितिविहीन भएका छन् ।
यो मन्त्रिपरिषद्मा चौथोपटक प्रधानमन्त्री रहेका ओली, १७ पल्ट मन्त्री बनेका शरतसिंह भण्डारी, सातचोटिका विष्णु पौडेलसहित पटक–पटक मन्त्री बनेका प्रकाशमान सिंहलगायत १२ पुराना अनुहार पनि छन् ।
संस्थापनइतर समूहको सिफारिसमा मन्त्री बनेका चारैजना नयाँ अनुहार छन् । कांग्रेस सहमहामन्त्री समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, स्वास्थ्य तथा नजसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी चारैजना नयाँ अनुहार हुन् ।
यस्तै, नेकपा (एमाले)का तर्फबाट रक्षामन्त्री मानवीर राई, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता नयाँ अनुहार छन् ।
मन्त्रिपरिषद्मा नयाँ अनुहारको सूची हेर्नोस्–
१. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
३. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी विकास
४. ऐनबहादुर शाही – वन तथा वातावरण
५. तेजुलाल चौधरी – युवा तथा खेलकुद
६. आरजु राणा – परराष्ट्र
७. मानवीर राई – रक्षा
८. विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
९. देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
१०. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij