Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बन्दै, अन्य मन्त्रालयमा को-कसलाई सिफारिस गरियो ?

एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बन्दै, अन्य मन्त्रालयमा को-कसलाई सिफारिस गरियो ?


  • 1.9K
    Shares

    एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बन्दै, अन्य मन्त्रालयमा को-कसलाई सिफारिस गरियो ?
    images

    काठमाडौं । नेकपा (एमाले)बाट मन्त्री बन्नेको नाम टुंगिएको छ । एमालेले सोमबार बिहान मन्त्री बन्नेहरुको नाम टुंगाएको हो ।

    जसअनुसार विष्णुपौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् भने पृथ्वीसुब्बा गुरुङले सञ्चारमन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

    राष्ट्रिय सभा सांसद देवेन्द्र दाहाल भौतिक योजनामन्त्री बन्ने भएका छन् भने विद्या भट्टराईले शिक्षा मन्त्रीको जिम्मेवारी पाउने भएकी छन् ।

    त्यस्तै मानवीर राई रक्षा मन्त्री बन्दै छन् भने उद्योगमन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिने भएका छन् ।

    प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओली र नयाँ मन्त्रीहरुले आजै बिहान ११ बजे शपथ लिने कार्यक्रम रहेको छ । 

    प्रकाशित मिति :आषाढ ३१ २०८१ सोमवार - ०८:४६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij