Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

सरकार गठन

प्रधानमन्त्री ओली नेतृत्वको सानो आकारको मन्त्रिपरिषद् आजै गठन हुने, यी हुन् कांग्रेस-एमालेबाट मन्त्री बन्नेहरू (नामावलीसहित)

प्रधानमन्त्री ओली नेतृत्वको सानो आकारको मन्त्रिपरिषद् आजै गठन हुने, यी हुन् कांग्रेस-एमालेबाट मन्त्री बन्नेहरू (नामावलीसहित)


  • 2.8K
    Shares

    प्रधानमन्त्री ओली नेतृत्वको सानो आकारको मन्त्रिपरिषद् आजै गठन हुने, यी हुन् कांग्रेस-एमालेबाट मन्त्री बन्नेहरू (नामावलीसहित)
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।

    बिहान ११ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएसँगै उनले सानो आकारको मन्त्रिपरिषद् आजै गठन गर्ने तयारी गरेका हुन् ।

    कांग्रेस र एमालेले आजै केही व्यक्तिलाई मन्त्रीमा पठाउनेछन् । 

    एमालेबाट उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेललाई दिने एमाले स्रोतले जानकारी दिएको छ ।

    स्रोतका अनुसार, एमालेबाट सचिवद्वय योगेश भट्टराई र छविलाल विश्वकर्मा मन्त्री बन्दै छन् ।

    यसअघि मन्त्री बनिसकेका जुलीकुमारी महतो, पदम गिरी र दामोदर भण्डारीसहित विद्या भट्टराईलगायत मन्त्री बन्ने स्रोतको दाबी छ ।

    यद्यपि, शपथसम्ममा प्रधानमन्त्री ओलीले केही नाम हेरफेर गर्ने सम्भावना भने रहने स्रोतको भनाइ छ ।

    नेपाली कांग्रेसको संस्थापनइतर समूहले नयाँ सरकारमा मन्त्री बन्नेको नाम टुंगो लगाइसकेको छ ।

    यो समूहले हृदयराम थानी, रामनाथ अधिकारी, प्रदीप पौडेल र तेजुलाल चौधरीको नाम पार्टी सभापति शेरबहादुर देउवासमक्ष सिफारिस गरेको स्रोतको दाबी छ ।

    कांग्रेस संस्थापन पक्षबाट प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा देउवालगायतको नाम चर्चामा छ ।

    प्रकाशित मिति :आषाढ ३१ २०८१ सोमवार - ०६:३८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij