Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

मन्त्री बन्ने हतारो

बालकोटमा ओली हैरान : ७९ सांसद मन्त्रीका आकांक्षी, बैठकमा चर्काचर्की

बालकोटमा ओली हैरान : ७९ सांसद मन्त्रीका आकांक्षी, बैठकमा चर्काचर्की


  • 2.8K
    Shares

    बालकोटमा ओली हैरान : ७९ सांसद मन्त्रीका आकांक्षी, बैठकमा चर्काचर्की
    images

    काठमाडौं । नेकपा(एमाले) ले आफ्नो भागमा परेका मन्त्री टुंग्याउन शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।

    आइतबार साँझ पार्टी अध्यक्ष एवम् नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बसेको हो ।

    मन्त्रीको नाम टुंग्याएर भोलि प्रधानमन्त्रीसँगै शपथ गराउने तयारी रहेको छ ।

    प्रधानमन्त्री ओलीको शपथ भोलि विहान ११ बजे हुँदैछ ।

    एमालेले अर्थसहित भौतिक योजना, सञ्चार, शिक्षा, उद्योग, सामान्य प्रशासन र भूमि व्यवस्था गरी आठ मन्त्रालयको नेतृत्व गर्नेछ ।

    तर, बालकोटमा अपरान्ह सुरु भएको बैठकमा मन्त्री छनोटबारे रस्साकस्सी चलेको छ । पार्टीका ७९ जना सांसदले नै मन्त्री बन्ने आकांक्षा देखाएपछि प्रधानमन्त्री एव एमाले अध्यक्ष केपी शर्मा ओली हैरान भएको स्रोत बताउँछ । 

    कतिपय सांसदहरू एकपटक मन्त्री बनिसकेकालाई पुनः नदोहोर्‍याउन ओलीलाई आग्रह गरेका छन् । यद्यपि ओलीले अधिकांश पुरानै मन्त्रीलाई दोहोर्‍याउने सम्भावना देखिएको बैठकमा संलग्न एक सांसदले बताए । 

    ओलीको यस्तो प्रवृतिले नयाँको पालो कहिल्यै नआउने भन्दै उनले असन्तुष्टि जनाए । यसका साथै आजसम्म मन्त्री नबनेका सांसदहरूले ओलीसँग चर्काचर्की विवाद गरेको उनी बताउँछन् ।

    प्रकाशित मिति :आषाढ ३० २०८१ आइतवार - २१:३२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij