२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले नयाँ सरकारमा मन्त्री बन्नेको नाम टुंगो लगाएको छ ।
स्रोतका अनुसार, टुंगो लगाइएका नाम नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासमक्ष सिफारिस गरेका छन् ।
इतर समूहले चार मन्त्रालय पाएको स्रोतको जिकिर छ ।
सिफारिस नाममा सुर्खेतबाट निर्वाचित सांसद हृदयराम थानी, धादिङबाट विजयी रामनाथ अधिकारी छन् ।
यस्तै, काठमाडौंबाट निर्वाचित सांसद प्रदीप पौडेल र सप्तरीबाट विजयी तेजुलाल चौधरीको नाम सिफारिस गरिएको स्रोतको दाबी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij