२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै मन्त्रीका विषयमा चर्चा चुलिएको छ ।
एमालेबाट उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेललाई दिने निश्चितजस्तै छ ।
एमालेको भागमा पर्ने अरू मन्त्रालयमा मन्त्रीहरूको नाम टुंगो लगाउने अन्तिम गृहकार्य भइरहेको छ ।
स्रोतका अनुसार, एमालेबाट सचिवद्वय योगेश भट्टराई र छविलाल विश्वकर्मा मन्त्री बन्दै छन् ।
यस्तै, यसअघि मन्त्री बनिसकेका जुलीकुमारी महतो, पदम गिरी र दामोदर भण्डारीसहित विद्या भट्टराईलगायत मन्त्री बन्ने स्रोतको दाबी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij