२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारलाई भोलि नै पूर्णता दिने तयारी भइरहेको छ ।
राष्ट्रपतिको कार्यालयले आइतबार साँझ ५ बजेपछि मात्र ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने भएकाले सोमबार बिहान ११ बजे शपथ समारोह राख्ने तयारी चलिरहेको छ ।
सत्ता सहयात्राको समझदारी गरेर सरकार गठनको तयारीमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबन्डा टुंग्याएका छन्। दुवै दलका शीर्ष नेताहरूबीच भएको समझदारी अनुसार कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय लिनेगरी सहमति बनेको हो।
ओलीले आफूले शपथ लिँदा मन्त्रिपरिषद्लाई पूर्णता दिन चाहेका छन् ।
ओलीले एकै पटक सबै मन्त्री नियुक्त गर्न चाहेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले त्यसैअनुसार छलफल गरिरहेका छन् ।
एक नेताका अनुसार, आइतबार रातिसम्म सम्भव नभए पनि भोलि बिहानसम्म मन्त्रीहरू टुंगो लगाउने गरी देउवा लागिपरेका छन् । साना दलहरू पनि आइतबार नै मन्त्री टुंगो लगाउन छलफलमा छन् ।
संविधानकोे धारा ७६ (२) अनुसार प्रधानमन्त्री दाबी गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार राष्ट्रपतिले नियुक्त गर्ने तयारी गरेका छन्।
एमालेको भागमा परेका मन्त्रालय:
अर्थ मन्त्रालय
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
शिक्षा मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
कांग्रेसको भागमा परेका मन्त्रालयः
गृह मन्त्रालय
रक्षा मन्त्रालय
परराष्ट्र मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
सहरी विकास मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्तालय
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij