Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

राजनीति

कांग्रेसभित्र मन्त्रालयको भागबण्डा : देउवासँग शेखर-गगन समूहले कम्तीमा ४ मन्त्री माग्यो

कांग्रेसभित्र मन्त्रालयको भागबण्डा : देउवासँग शेखर-गगन समूहले कम्तीमा ४ मन्त्री माग्यो


  • 5.2K
    Shares

    कांग्रेसभित्र मन्त्रालयको भागबण्डा : देउवासँग शेखर-गगन समूहले कम्तीमा ४ मन्त्री माग्यो
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहले आफ्नो समूहले कम्तीमा चार मन्त्री पाउनुपर्ने निष्कर्ष निकालेको छ ।

    आज बसेको इतर पक्षको बैठकले परम्परागत रूपमा चल्दै आइरहेको ६०/४० को हिस्सा हुनुपर्ने निष्कर्ष निकालेको हो ।पार्टी सभापति शेरबहादुर देउवासँग कम्तीमा चार मन्त्री माग गर्ने निर्णय भएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले बताए ।

    उनले भने, ‘हामीले परम्परागत रूपमा राख्दै आएको माग राखेका छौं । छलफलमा यो समूह ऊ समूहभन्दा पनि उपयुक्त व्यक्ति चयन गर्नुपर्छ भनेका छौं । शेखरजीले ५ मन्त्रालय चाहिन्छ भन्नुभएको रहेछ । तर, हामीले कम्तीमा चार चाहिन्छ भन्ने निष्कर्ष निकालेका छौं ।’

    बैठकमा शेखर–गगनका साथसाथै उपसभापति धनराज गुरुङ, जीवन परियार, बद्री पाण्डे, अर्जुननरसिंह केसी, दिलेन्द्र बडूलगायतका नेताहरू सहभागी भएका थिए । 

    प्रकाशित मिति :आषाढ ३० २०८१ आइतवार - १२:१३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij