२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाषण प्रधानमन्त्रीको रूपमा अन्तिम हो कि जस्तो लागेको बताएका छन् ।
शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले प्रधानमन्त्री प्रचण्डले संसद्मा गरेको १ घण्टा २२ मिनेट भाषण प्रधानमन्त्रीको रूपमा अन्तिम हो कि जस्तो लागेको बताएका हुन् ।
प्रधानमन्त्रीले केही गलत सूचना दिएको बताउँदै त्यसको जबाफदेही भोलीका दिनमा उनले हुनुपर्ने बताए । स्थायी सरकार, देशमा रोजगारी सिर्जना, नेपाली विदेश जान नपर्ने अवस्था सिर्जना गर्न दुई पार्टीको गठबन्धन आवश्यक रहेको उल्लेख गरे ।
उनले संसद्का दुई ठुला दलमध्ये एउटा सरकारमा र एउटा प्रतिपक्षमा रहने चलन भए पनि कांग्रेस एमालेको सहकार्यबाट नै देशमा ठुला परिवर्तन भएको दाबी गरे । उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउन पनि कांग्रेस र एमाले दुई दलको भूमिका रहेको दाबी गरे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij