२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान नमिचेरै सरकार बनाउन अनुरोध गरेका छन् । उनले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले संसद् बचाउन कांग्रेससँग अनुरोध गरेका छन् ।
“म कांग्रेस–एमालेका साथीहरूलाई पनि सहकार्यको बधाइसहित केही भन्न चाहन्छु । तपाईंहरू संविधान मिच्नतिर नलाग्नुहोला । नयाँ सरकार पनि संविधान नमिची बनाउनुहोला,” उनले भनेका छन्, “कांग्रेसका साथीहरूलाई बेग्लै मेरो अनुरोध छ, कृपया संसदचाहिँ बचाउनुहोला । संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेका साथीहरूले संसद नै निल्ने प्रयास गर्न सक्छन् । हिजो हामी मिलेर जोगाएका हौं । अब पनि जोगाउनुहोला र आफू पनि जोगिनुहोला ।”
प्रधानमन्त्रीले २४ पन्ने सम्बोधनका अधिकांश शब्द कांग्रेस र एमालेको नेतृत्वमा खर्चिएका छन् । अझ ओलीमाथि उनको बढी आक्रोश देखिन्थ्यो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij