२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (असार २८ गते) प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्। आज बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभा बैठकमा उनले विश्वासको मत लिनेछन्।
सरकारमा सहभागी दलहरुमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान अनुसार यस दिन विश्वासको मत लिन लागेका हुन्।
हाल प्रधानमन्त्री दाहालसँग माओवादीको ३२, रास्वपाको २१ र एकीकृत समाजवादीको १० गरी जम्मा ६३ मत मात्र छ। प्रतिनिधि सभामा बहुमतका लागि १३८ मतको आवश्यकता पर्दछ।
कांग्रेस, एमाले लगायतका दलहरुले प्रचण्डलाई विश्वासको मत नदिने ह्विप जारी गरेका छन्। विश्वासको मत नपाएमा उनी पदमुक्त हुनेछन् र नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुनेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij