२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जम्कट्टेलको राजीनामा मागेको छ। कांग्रेसले मुख्यमन्त्री जम्कट्टेललाई पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको हो।
बिहीबार कांग्रेस संसदीय दलको नेता बहादुर सिंह लामाले विज्ञप्ति जारी गरी कांग्रेस-एमाले सम्मिलित नयाँ गठबन्धनको सरकार गठनका लागि मुख्यमन्त्री जम्कट्टेलाई पदबाट हट्न भनेको हो। विज्ञप्तिमा केन्द्रमा एमाले र कांग्रेसको सहमतीको सरकारको प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै माओवादी केन्द्रको नेतृत्वमा रहेको बागमती सरकारलाई नयाँ सरकार गठनका लागि बाटो खुलाउन आग्रह गरिएको छ।
वर्तमान सरकारबाट साझेदार दल नेकपा एमाले बाहिरिएर समर्थन समेत फिर्ता लिएकाले सरकार अहिले काम चलाउको हैसियतमा पुगेको र सो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने विज्ञप्तिमा उल्लेख छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij