Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

राजनीति

संविधान संशोधनको लागि आयोग बनाउन एमाले र कांग्रेसबीच सहमति भएको छैन: ओली

संविधान संशोधनको लागि आयोग बनाउन एमाले र कांग्रेसबीच सहमति भएको छैन: ओली


  • 2.1K
    Shares

    संविधान संशोधनको लागि आयोग बनाउन एमाले र कांग्रेसबीच सहमति भएको छैन:  ओली
    images

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र एमालेबीच संविधान शोधनका लागि आयोग बनाउने सहमति नभएको बताएका छन्।

    केन्द्रीय कार्यालय च्यासलमा बुधबार दिउँसो बसेको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले संविधान संशोधनका लागि कांग्रेस र एमालेबीच आयोग बनाउने सहमति नभएको बताए।

    अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको उनको भनाइ छ। तर निश्चित बुँदा तोकेर निस्कर्षमा नपुगेको पनि बताए।

    गत असार १७ गते कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउँदै सरकार बनाउनेजस्ता सहमति भएका थिए। त्यसबेला संविधान संशोधन गर्न आयोग नै बनाउने दुई दलबीच सहमति भएको चर्चासमेत भएको थियो।

    ‘अनुभवहरुले के(कस्ता परिवर्तन, परिमार्जन, सुधार आवश्यक छन्, त्यसमा आधारित भएर संशोधन गर्ने हो। यो यो बुँदामा भन्ने निस्कर्षमा पुगिसकेका छैनौँ। कसैको नेतृत्वमा आयोग बनेको छैन। कसैको नेतृत्वमा आयोग बन्ने भन्ने कुरा केही पनि भएको छैन,’ अध्यक्ष ओलीले भने, ‘मोटामोटी के भएको हो भने राष्ट्रिय हितहरुको रक्षा संबर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति जे आवश्यक पर्छ त्यो संशोधन गर्ने भनेको हो।’

    उनले अस्थिरता देखिएकोले पनि दुई ठूला दल मिलेर सरकार बनाउन खोजिएको बताए।

    ‘प्रदेशहरुमा महिना महिनामा सरकार फेरिने अवस्था बन्ने, कहिले यसकातिर, कहिले उसकातिर जाने, यस्ता खालका अस्थिरता, बार्गेनिङ, आफ्ना निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर जाने काम भयो।  विकास निर्माणलाई केन्द्र भागमा नराख्ने, जनताका आवश्यकता, कामलाई केन्द्र भागमा नराख्ने, यसरी विभिन्न ढंगले भ्रष्टाचारमा, अस्थिरतामा यस्तोमा जाने काम भयो,’ उनले भने।

    संविधान समयानुकूल परिमार्जित हुँदै जानुपर्ने पनि उनले बताए। ‘त्यसैले कतिपय कुरामा संविधान संशोधन गर्नुपर्छ भनेका हौँ,’ ओलीले भने।

    प्रकाशित मिति :आषाढ २६ २०८१ बुधवार - १२:५६:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij