Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

राजनीति

मन्त्रालयको बाँडफाँट भइसकेको छैन : अध्यक्ष ओली

मन्त्रालयको बाँडफाँट भइसकेको छैन : अध्यक्ष ओली


  • 1.5K
    Shares

    मन्त्रालयको बाँडफाँट भइसकेको छैन : अध्यक्ष ओली
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको बाँडफाँट भइनसकेको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले मन्त्रालयको बाँडफाँट भइनसकेको बताएका छन् । 

    उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच कुनै पनि मन्त्रालयको भागबण्डा भइनसकेको स्पष्ट पारे । को–को सरकारमा सहभागी हुने सोही अनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने उनको भनाइ छ । 

    उनले कांग्रेस र एमालेले बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने बताए । अध्यक्ष ओलीले सरकारमा सहभागी बन्ने राजनीतिक दलहरूलाई पनि समेटेर जानेगरी छलफल भइरहेको जानकारी दिए । 

    उनले सामान्यतः स्ट्रेन्थको आधारमा पार्टीको स्थान निर्धारण गर्ने बताए । अध्यक्ष ओलीले राष्ट्रिय उत्पादन वृद्धि गर्न विशेष जोड दिने बताए । उनले उद्यमशिलता, कृषिमा आधानुकीकरण र व्यवसायिकीकरण, यान्त्रिकीकरणमा ध्यान दिन आवश्यक रहेको बताए । 

    उनले उत्पादनका लागि पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड दिए । जनतालाई केन्द्रमा राखेर काम गर्ने उनको भनाइ छ । 
     

    प्रकाशित मिति :आषाढ २६ २०८१ बुधवार - १२:३२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij