२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको छ। मंगलबार दिउँसो १ बजेलाई तय भएको बैठक बुधबार बिहान ११ बजेलाई सारिएको थियो।
च्यासलमा बुधबार दिउँसो बसिरहेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ। बुधबारको बैठकले मन्त्री छान्न मापदण्ड पनि तय गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले बताए। उनकाअनुसार मन्त्री छान्ने एमालेले ६ वटा आधारमा छलफल चलाइरहेको छ।
त्यस्तै पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि आज बैठकले निर्णय गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार यसअघि फरक जिल्ला कार्यक्षेत्र रहने गरी गरिएको कार्यविभाजन परिवर्तन हुनेछ। यसअन्तर्गत् जिल्ला र जनसंगठन इन्चार्जहरू परिवर्तन हुनेछन्।
एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ। त्यो अभियानको थालनीबारे पनि सचिवालय बैठकले निर्णय गर्नेछ।असार १७ गते राति नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा सहमति भएको थियो।
यसैबीच कांग्रेसले संविधानको धारा ७६ (२) अनुसार राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णय गरिसकेको छ। पार्टी संसदीय दलको बैठकले यो निर्णय गरेको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij