Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै


  • 2.3K
    Shares

    एमाले सचिवालय बैठक बस्दै
    images

    काठमाडौ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ । 

    आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    त्यस्तै पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि आज बैठकले निर्णय गर्ने छ । उनका अनुसार यसअघि फरक जिल्ला कार्यक्षेत्र रहने गरी गरिएको कार्यविभाजन परिवर्तन हुनेछ । यसअन्तर्गत जिल्ला र जनसङ्गठन इन्चार्जहरू परिवर्तन हुनेछन् ।

    एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ । त्यो अभियानको थालनीबारे पनि सचिवालय बैठकले निर्णय गर्नेछ ।

    प्रकाशित मिति :आषाढ २५ २०८१ मंगलवार - १०:५६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij