Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

एकीकृत समाजवादीले १० दिनभित्र केन्द्रीय कमिटी टुंगो लगाउने

एकीकृत समाजवादीले १० दिनभित्र केन्द्रीय कमिटी टुंगो लगाउने


  • 1.8K
    Shares

    एकीकृत समाजवादीले १० दिनभित्र केन्द्रीय कमिटी टुंगो लगाउने
    images

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी सदस्य चयनका लागि सिफारिस गर्ने जिम्मेवारी प्रदेशका इन्चार्ज र सचिवहरूलाई दिएको छ ।

    पार्टी कार्यालय आलोकनगरमा आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर क्षमताका आधारमा केन्द्रीय कमिटी सदस्य चयनका लागि प्रदेशका इन्चार्ज र सचिवहरूलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

    सिफारिस गरिएका सदस्यहरूको अन्तिम टुङ्गो केन्द्रीय कमिटी लगाउने नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

    उनले अबको १० दिनभित्र केन्द्रीय कमिटीले पूर्णता पाउने र त्यसपछि पदाधिकारी चयन हुने बताए । खतिवडाले सर्वसम्मत नेतृत्व चयनको सन्देश जनताले पाइसकेको अवस्थामा पार्टीप्रति थप विश्वास खडा भएको जिकिर गरे ।

    उनले आगामी निर्वाचनमा स्थानीय तहका साथै अन्य निर्वाचनमा पार्टीले उल्लेखीय सिट हासिल गर्ने भन्दै अहिले पार्टीप्रतिको आलोचनालाई सुझावका रुपमा ग्रहण गर्ने बताए । त्यस्तै खतिवडाले प्रधानमन्त्रीले विश्वासको मत लिदा आफ्नो पार्टीले पक्षमा मतदान गर्ने जानकारी पनि दिएका छन् ।

    शुक्रबार सम्पन्न समाजवादीको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता, महासचिव सहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो । पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ ।

    प्रकाशित मिति :आषाढ २३ २०८१ आइतवार - १४:१०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij