२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बिहान ११ः १५ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री एवम् उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त ‘आर्थिक विधेयक, २०८१’ माथि दफावार छलफल गरियोस् भनेर प्रस्तुत गर्ने र पारित गरियोस् भनेर प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij