Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

राजनीति

बागमती सरकारबाट बाहिरिँदै एमाले, आजै राजीनामा बुझाइने तयारी

बागमती सरकारबाट बाहिरिँदै एमाले, आजै राजीनामा बुझाइने तयारी


  • 2.3K
    Shares

    बागमती सरकारबाट बाहिरिँदै एमाले, आजै राजीनामा बुझाइने तयारी
    images

    काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आजै एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने भएका छन् ।

    चार महिनाअघि चैत १७ गते माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा एमाले दोस्रोपटक सहभागी भएको थियो । तर, पुन: कांग्रेस र एमालेको सहमतिपछि एमालेले सरकार छाड्ने भएको हो ।

    संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समर्थन फिर्तासहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउने उनले बताए ।

    थपलिया र मुख्यमन्त्री शालिकराम जम्कट्टेल दुवै काठमाडौंमा छन् । उनीहरु शुक्रबार हेटौंडा फर्किने तयारीमा छन् ।

    बागमतीमा एमालेबाट पाँच जना मन्त्री छन् । नेता थपलियासहित रामेश्वर श्रेष्ठ, केशव पोख्रेल, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठ मन्त्री छन् ।

    केन्द्रीय राजनीतिमा कुनै नाटकीय परिवर्तन नभए बागमतीमा अब चौथो पटक एमाले र कांग्रेसको गठबन्धन सरकार बन्नेछ ।

    प्रकाशित मिति :आषाढ २१ २०८१ शुक्रवार - ११:२१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij