Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

आदरणीय केपी बा ! भन्दै सुमानाले लेखिन् यस्तो पत्र, राजनीति गर्ने शिक्षकलाई कारवाही गर्न खोज्दा सरकार ढलेको खुलासा

आदरणीय केपी बा ! भन्दै सुमानाले लेखिन् यस्तो पत्र, राजनीति गर्ने शिक्षकलाई कारवाही गर्न खोज्दा सरकार ढलेको खुलासा


  • 3.7K
    Shares

    आदरणीय केपी बा ! भन्दै सुमानाले लेखिन् यस्तो पत्र, राजनीति गर्ने शिक्षकलाई कारवाही गर्न खोज्दा सरकार ढलेको खुलासा
    images

    काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले आफूले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने कदम चालेपछि सरकार परिर्वतन खोजिएको दाबी गरेकी छन् ।

    सामाजिक सञ्जाल एक्समार्फत श्रेष्ठले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर आफूले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने उद्देश्यले फाइल अगाडि बढाउँदा सरकार नै परिवर्तन गर्न खोजिएको आरोप लगाएकी हुन् ।

    "आदरणीय केपी बा ! शिक्षकले राम्रो नपढाँउदा एसईईको नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिनुभएछ । अनि राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्छु भनेर मैले फाइल अगाडि बढाँउदा सरकार नै परिवर्तन गर्न खोज्ने । तपाईंको शिक्षकले तपाईंकै पार्टीको सिद्धान्त पढाएमात्र हो अब," उनले लेखकी छन् ।

    बिहीबार रूपन्देहीमा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्ने क्रममा ओलीले गुणस्तरीय शिक्षकको अभाव रहेको बताएका थिए ।

    "यत्रो ठूलो ५३ प्रतिशत किन फेल भयो भन्दा अप्सन नै छैन । शिक्षकहरूले नै तालिम पाएका छैनन्, शिक्षक नै गुणस्तरको छैन । जसले नलेज ट्रान्सफर गर्न सक्छ, सम्प्रेषण गर्न सक्छ । नलेज ट्रान्सफर गर्ने, पहिला आफूसँग नलेज हुनुपर्छ । नलेजको स्किल हुनुपर्छ । हाउ टू ट्रान्सफर नलेज ? अरू विद्यार्थी कमसल भएर होइन," उनले भनेका थिए ।

    प्रकाशित मिति :आषाढ २१ २०८१ शुक्रवार - ०५:४३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij