Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

सरकारले म्यानपावर व्यवसायीसँग माग्यो ‘फ्री भिसा फ्री टिकट’ मा कामदार पठाएको विवरण

सरकारले म्यानपावर व्यवसायीसँग माग्यो ‘फ्री भिसा फ्री टिकट’ मा कामदार पठाएको विवरण


  • 2.2K
    Shares

    सरकारले म्यानपावर व्यवसायीसँग माग्यो ‘फ्री भिसा फ्री टिकट’ मा कामदार पठाएको विवरण
    images

    काठमाडौं । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीहरूसँग फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण माग गरेको छ । विभागमा दर्ता भई कामदार पठाउँदै आएका सम्पूर्ण व्यवसायीहरूसँग चालु आर्थिक वर्षमा पठाएको विवरण माग गरेको हो ।

    विभागले पठाएको मुलुक, रोजगारदाता संस्था, श्रमिकको नाम, श्रमिकको सम्पर्क नम्बर (नेपाल हुँदाको बखतको), काम, तलब लगायतका विवरण उल्लेख गरेर उपलब्ध गराउन भनेको हो ।म्यानपावर व्यवसायीहरूले खाडीका ६ मुलुक र मलेसियामा फ्री भिसा, फ्री टिकटको कोटा ल्याएर कामदार पठाउँदै आएका छन् ।

    २०७२ सालमा तत्कालीन श्रममन्त्री टेक बहादुर गुरुङले फ्री भिसा, फ्री टिकटको व्यवस्था गरेका थिए । त्यो बेला व्यवसायीहरूले त्यसरी कामदार पठाउन नसकिने भन्दै विरोध गर्दै आएका थिए । तर, सरकारले उक्त नीतिलाई न कडाइका साथ लागू नगर्ने सकेको थियो । न त हटाउन सकेको थियो ।

    व्यवसायीहरूले हाल उक्त नीति हटाएर एक महिना बराबरको सेवा शुल्क लिन पाउनुपर्ने माग राख्दै आएका छन् । त्यसका श्रम मन्त्रालय कानुन संशोधनको तयारीमा छ । वैदेशिक रोजगार ऐन संशोधनका लागि श्रम मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ । भने मन्त्रालयले उक्त नीति पुनरावलोकन गर्दै सेवा शुल्क तोक्ने तयारी गरेको छ । 

    प्रकाशित मिति :आषाढ २० २०८१ बिहिवार - १३:०१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij