Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

राजनीति

लोसपाले पनि कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने

लोसपाले पनि कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने


  • 2.2K
    Shares

    लोसपाले पनि कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने
    images

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने निर्णय गरेको छ । 

    बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा नेपालको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

    शेरबहादुर देउवाले हिजो मंगलवार पुरानो गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेका थिए । सो छलफलमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले ब्रिफिङ गरेका थिए ।

    हिजोको बैठकमा सभापति देउवाले एमालेको साथमा नयाँ गठबन्धन बनाउने सहमति भएको र एमालेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको बताएका थिए ।

    विपक्षी गठबन्धनमा रहेका लोसपा, जसपा नेपाल, राप्रपालगायत दलले गठबन्धन बनाउने सरकारलाई साथ दिन आग्रह गरेको कुरा अध्यक्ष ठाकुरले बैठकमा राखेका थिए । 

     संविधान संशोधन के के विषयमा गर्ने त्यसलाई पहिचान गर्नका लागि एउटा समिति बनाउने र त्यो समितिले दिने रिपोर्टका आधारमा संविधान संशोधन गर्ने कुरा सभापति देउवाले राखेको अध्यक्ष ठाकुरले जानकारी गराएका छन्’ उनले भने । 

    समितिले प्रतिवेदन तयार गरिसकेपछि त्यसको  आधारमा लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने महासचिव मिश्रले बताए ।

    माओवादीले कांग्रेसलाई छाडेर एमालेसँग गठबन्धन बनाएपछि सो गठबन्धनमा रहेका लोसपा र जसपा नेपालले कांग्रेससँग मिलेर विपक्षी गठबन्धन बनाएका थिए । 

    प्रकाशित मिति :आषाढ १९ २०८१ बुधवार - १५:५७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij