Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

आन्तरिक विवाद

रास्वपा बैठकमै कोकोहोलो : प्रस्ताव पेस गर्न रोक, महामन्त्री असन्तुष्ट, भन्छन्– ‘पार्टी पतन उन्मुख’

रास्वपा बैठकमै कोकोहोलो : प्रस्ताव पेस गर्न रोक, महामन्त्री असन्तुष्ट, भन्छन्– ‘पार्टी पतन उन्मुख’


  • 4.4K
    Shares

    रास्वपा बैठकमै कोकोहोलो : प्रस्ताव पेस गर्न रोक, महामन्त्री असन्तुष्ट, भन्छन्– ‘पार्टी पतन उन्मुख’
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा.मुकुल ढकालले केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले समीक्षा प्रतिवेदनबारेको लिखित प्रस्ताव पेस गर्न नदिएको बताएका छन् । 

    जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले आफ्नो समीक्षा प्रतिवेदन बारेको लिखित प्रस्ताव पेस गर्न सभापति लामिछानेले नदिएको आरोप लगाएका हुन् । 

    उनले भनेका छन्, ‘समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो । तर, लिखित प्रस्ताव तयार पारिए पनि पेश गर्ने अनुमति सभापतिले दिनुभएन । प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रीय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ ।’

    यसका साथै उनले तत्कालीन अवस्थाबाटै पार्टी अगाडि बढेमा रास्वपा पतन उन्मुख हुने जिकिर गरेका छन् । 

    बैठकलाई प्रत्यक्ष प्रशारणको माग राखेका ढकालको सो माग पूरा नभएपछि उनले मुखमा कालो टेप लगाएर बैठकमा सहभागिता जनाएका छन् । 

     

    प्रकाशित मिति :आषाढ १९ २०८१ बुधवार - ११:३२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij