२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । नयाँ सत्ता समीकरण भएको तीन नबित्दै कांग्रेस र एमालेबीच मतभेद देखिएको छ ।
एकीकृत समाजवादीलाई अब बन्ने नयाँ सरकारमा संलग्न गराउनेबारे दुई दलबीच मतभेद देखिएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादीलाई नयाँ सरकारमा संलग्न गराउनेबारे हिजो (मंगलबार) राति ८ः०० बजे अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेरै छलफल गरेका छन् ।
देउवाले दुईजना मन्त्रीसहित नेपाललाई सरकारमा आउन आग्रह गरेका छन् । उनको आग्रहपछि नेपालले आफूले पार्टीमा छलफल गरी सरकारमा संलग्न हुने वा नहुनेबारे निष्कर्षमा पुग्ने बताएका छन् ।
देउवाले नेपाललाई साथमै लिएर जान चाहेका छन् । यद्यपि यसबारेमा एमाले अध्यक्ष केपी शर्मा ओली सन्तुष्ट नदेखिएको कांग्रेसनिकट स्रोत बताउँछ ।
एसको सहयोगबिना संविधान संशोधनका लागि राष्ट्रिय सभाको अंकगणितमा समस्या हुने अवस्था छ । एमाले र कांग्रेस मात्रै मिल्दा राष्ट्रिय सभामा दुईतिहाइ बहुमत पुग्दैन ।
दुईतिहाइका लागि राष्ट्रिय सभामा ३९ सिट आवश्यक पर्छ । एकीकृत समाजवादीसँग भएका ८ सिट थप हुने हो भने ठीक दुई तिहाइ पुग्छ । त्यस्तो बेलामा माओवादी केन्द्रसँग रहेको १७ सिट आवश्यक नपर्न सक्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij