Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

आन्तरिक किचलो

रास्वपा बैठकमै महामन्त्री मुकुलको मुखमा कालो टेप, बोल्न पाउने अधिकार हनन् भएको जिकिर 

रास्वपा बैठकमै महामन्त्री मुकुलको मुखमा कालो टेप, बोल्न पाउने अधिकार हनन् भएको जिकिर 


  • 3.7K
    Shares

    रास्वपा बैठकमै महामन्त्री मुकुलको मुखमा कालो टेप, बोल्न पाउने अधिकार हनन् भएको जिकिर 
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा मुखमा कालो टेप लगाएर सहभागी भएका छन् ।

    आज (बुधबार) बिहानदेखि सुरु भएको उक्त समितिको बैठकमा महामन्त्री ढकालले आफ्नो माग सुनुवाइ नभएको भन्दै मुखमा कालो टेप लगाएर सहभागी भएका हुन् । 

    उनले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्नुपर्ने भन्दै यसअघि पार्टीमा माग राखेका थिए । तर, उनको माग सम्बोधन नभएपछि कालो टेप मुखमा लगाएको उनको जिकिर छ । 

    ढकालले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि केन्द्रीय समितिको बैठकमा छलफल गर्ने एजेण्डा छ । 

    उनले पार्टी सञ्चालनको वर्तमान पद्धति परिवर्तन नगरे २०८४ सालमा रास्वपा सकिने चेतावनीयुक्त प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए ।

     

    प्रकाशित मिति :आषाढ १९ २०८१ बुधवार - १०:०५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij