Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची


  • 1.6K
    Shares

    राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
    images

    काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १ बजे संसद् भवन बानेश्वरमा सुरु हुनेछ । 

    बैठकमा राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले आर्थिक विधेयक २०८१,  राष्ट्रको ऋण उठाउने विधेयक २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ । 

    त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग सम्बन्धी विनियोजन शीर्षकमाथि छलफल कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

    प्रकाशित मिति :आषाढ १९ २०८१ बुधवार - ०८:०८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij