२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कांग्रेस–एमाले सत्ता गठबन्धनमा संलग्न हुने संकेत गरेको छ । उसले संविधान संशोधनका लागि तयार भएको बताएको छ ।
आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले संविधान संशोधनको पक्षमा पार्टीलाई उभ्याउने निर्णय गरेको छ भने सरकारमा तत्काल संलग्न नभए पनि केही समयपछि सोच्न सक्ने बताएको छ ।
राप्रपा संविधान संशोधनको पक्षमा उभिने पार्टी प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले बताए । तर, आफूहरू तत्काल सरकारमा सहभागी नहुने स्पष्ट पारे । यद्यपि केही समयपछि सोच्न सकिने उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij