२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरण फाइल खोलेकै राति सत्ता समीकरण उलटफेर भएको दाबी गरेका छन् ।
आज (मंगलबार) पार्टीको पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दाबी गरेका हुन् ।
उनले भुटानी शरणार्थी तथा विभिन्न भ्रष्टाचार प्रकरणमा संलग्नहरूको फाइल खोलेकै राति सरकार परिवर्तन हुने प्रयत्न भएको बताए ।
उनले भ्रष्टाचारका फाइल खोलेपनि एकरात पनि टिक्न नसक्ने गरी सरकार बनाउन चलखेल भएको आरोप लगाए ।
गृहमन्त्री लामिछानेले भने, ‘अब यो रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि । जुन ढंगले सरकार अघि बढेको छ । तपाईँहरू नै भन्नुहुन्थ्यो फाइल खोल्नुपर्यो, फाइल यस्तो खुल्यो कि त्यो एकरात पनि टिक्न नसक्ने भयो । एकाएक संविधान जोगाउनुपर्ने चिन्ता भयो । संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको ? त्यति पनि बुझ्न सक्दैन त ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij