२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल पदबाट राजीनामा नदिने भएका छन् ।
नयाँ सत्ता समीकरणका लागि कांग्रेस–एमालेले गरेको सहमति अनुसार केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएका छन् भने एमालेका मन्त्रीहरूले राजीनामा दिनुका साथै समर्थन पनि फिर्ता लिने तयारी गरिरहेका छन् ।
यस्तो अवस्थामा प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने हुन्छ । तर, आज (मंगलबार) बिहान बालुवाटारमा बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा नदिने बताएका छन् ।
बरू उनले संसदबाट विश्वास मत लिने पक्षमा देखिएका छन् । सरकारलाई समर्थन गरेको कुनै एक दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिन अझैँ एक महिना लाग्ने भएकोले ओली प्रधानमन्त्रीको कुर्सीमा पुग्न एक महिना नै लाग्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij