Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

सत्ता चास्नीमा राप्रपा

‘राजतन्त्र र हिन्दुराज्य’ पुनःस्थापना मुद्दा तख्तामा, सरकारमा जान राप्रपालाई हतारो

‘राजतन्त्र र हिन्दुराज्य’ पुनःस्थापना मुद्दा तख्तामा, सरकारमा जान राप्रपालाई हतारो


  • 4.8K
    Shares

    ‘राजतन्त्र र हिन्दुराज्य’ पुनःस्थापना मुद्दा तख्तामा, सरकारमा जान राप्रपालाई हतारो
    images

    काठमाडौं । कांग्रेस–एमालेको सत्ता समीकरणको मोटामोटी सहमतिको खाका तयार भएको छ । शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच भएको सहमति अनुसार उक्त खाका तयार भएको हो । 

    यसका लागि देउवा–ओलीले अन्य दलहरूसँग पनि सत्ता सहकार्यको सहमति खोजीरहेका छन् । यस्तो अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा जाने वा नजानेबारे पार्टीमा छलफल गर्न लागेको छ । 

    यसका लागि उसले आफ्ना पार्टी पदाधिकारीसँगको संयुक्त बैठक बोलाएको छ । प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपा सरकारमा जाने वा नजानेबारे पार्टी पदाधिकारीसँग छलफल हुँदैछ । 

    यद्यपि राजनीतिक वृत्तमा राप्रपा सरकारमा संलग्न हुने प्रवल सम्भावना रहेको आकलन गरिएको छ । राप्रपाले राजतन्त्र र हिन्दुराज्य पुनःस्थापनाका लागि विगत लामो समयदेखि संघर्ष गरिरहेको छ । 

    राप्रपाले यसअघि गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेको थियो । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । 

    प्रकाशित मिति :आषाढ १८ २०८१ मंगलवार - १०:२२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij