२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) सत्ता गठनको गृहकार्य सुरु भएको छ ।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिअनुसार सत्ता गठनको तयारी सुरु भएको हो ।
कांग्रेस–एमालेबीच सत्ता सहकार्य अगाडि बढिसकेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक परामर्शमा जुटेका छन् ।
प्रधानमन्त्रीले आगामी रणनीतिबारे थप छलफल गर्न आजै आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बोलाएका छन् । यसका साथै उनले सत्तारूढ गठबन्धन दलहरूसँग पनि थप परामर्श गर्दैछन् ।
त्यसपछि प्रधानमन्त्रीले पदबाट राजीनामा दिने वा नदिने विषयबारे पनि छलफल गर्ने बताइएको छ । यद्यपि स्रोतले दिएको जानकारीअनुसार प्रचण्डले तत्काल प्रधानमन्त्री पदबाट रानीनामा नदिने भएका छन् ।
उनी स्वयं राजीनामा दिने मुडमा नभएको स्रोत बताउँछ । यस्तो अवस्थामा एमालेले समर्थन फिर्ता लिनसक्छ र प्रधानमन्त्रीले ३० दिनभित्रै संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij