Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल र रावललाई कम्तीमा छ/छ महिना पार्टीबाट निलम्बन गर्नुपर्छ : सूर्य थापा

नेपाल र रावललाई कम्तीमा छ/छ महिना पार्टीबाट निलम्बन गर्नुपर्छ : सूर्य थापा


  • 7.5K
    Shares

    नेपाल र रावललाई कम्तीमा  छ/छ महिना पार्टीबाट निलम्बन गर्नुपर्छ : सूर्य थापा

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई कम्तीमा ६ महिना पार्टीबाट निलम्बन गर्नुपर्ने बताएका छन् ।

    नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका थापाले नेता नेपाल र रावललाई ६–६ महिना निलम्बन गरेर पार्टीको शुद्धीकरण अभियान बढाउनुको विकल्प नभएको बताएका हुन् ।

    सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै थापाले अध्यक्ष ओलीलाई अर्घेलो देखाउन खोज्ने, केन्द्रीय कमिटीका १०औँ, ११औँ र १२औँ बैठकप्रति अनादर, अपमान र अनुचित टिप्पणी गर्ने, समानान्तर गतिविधि गर्ने र बार्गेनिङ गर्ने जस्ता कार्यहरु अब मान्य र स्वीकार्य नहुनेसमेत बताएका छन् ।

    थापाले पार्टी अध्यक्ष र प्रधानमन्त्रीसहित एक दर्जन नेतामाथि कारबाहीको घोषणा गर्ने, समर्थनमा थपडी बजाउने र पार्टी कब्जा गर्ने नियतमा स्वरमा स्वर मिलाउन तछाडमछाड गरेकाहरुले नै अहिले पार्टी एकताका लागि तछाडमछाड गरेको टिप्पणी गरेका छन् । थापाले प्रचण्ड र माधव नेपालका इमान्दार नोकर बनेको भन्दै नेपाल पक्षका सबै नेताहरुमाथि आक्रोश पोखेका छन् ।

    प्रकाशित मिति :चैत्र १४ २०७७ शनिवार - २०:०९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij