Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

प्रिपेड डलर कार्डको माग उच्च, यो कार्ड कसरी लिने ? शुल्क कति लाग्छ ?

प्रिपेड डलर कार्डको माग उच्च, यो कार्ड कसरी लिने ? शुल्क कति लाग्छ ?


  • 9.3K
    Shares

    प्रिपेड डलर कार्डको माग उच्च,  यो  कार्ड कसरी लिने ? शुल्क कति लाग्छ ?
    images

    नेपाल राष्ट्र बैंकले विदेशमा भुक्तानी गर्न सकिने प्रिपेड डलर कार्ड बैंकहरुले जारी गर्न सक्ने नियम ल्याएको पाँच दिनमै यसको माग उच्च भएको छ।

    यो कार्डबाट एक वर्षमा अधिकतम पाँच सय डलरसम्म खर्च गर्न पाइनेछ। खर्च गर्न सुरुमा यस कार्डमा डलर लोड गर्नुपर्छ।

    डलर भुक्तानीको लागि कार्डको माग भइरहेको बेला राष्ट्र बैंकले सहज व्यवस्था गरिदिएपछि यसको माग बढेको हो। यसअघि नेपालबाट विदेशमा सानोतिनो भुक्तानी गर्नको लागि पनि विदेशकै साथीभाइसँग निर्भर हुनुपर्ने अवस्था थियो। यसले सम्बन्धित उपभोक्तालाई अप्ठ्यारो थियो।

    ‘सानोतिनो सेवाका लागि पनि यहाँबाट भुक्तानी गर्नसक्ने अवस्था थिएन’, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले भने, ‘यसले व्यक्तिगत रुपमा विदेशमा गरिने स–साना भुक्तानीलाई सहज बनाएको छ।’

    कसैले नेपालबाट न्युयोर्क टाइम्सको अनलाइन संस्करणको ग्राहक बन्न वा नेटफ्लिक्सको ग्राहक बन्नलाई विदेशकै साथीभाइमार्फत भुक्तानी गर्नुपर्ने बाध्यता थियो। तर अब राष्ट्र बैंकले प्रिपेड कार्ड जारी गर्नसक्ने अधिकार दिएपछि बैंक र ग्राहक दुवैलाई फाइदा पुग्ने भएको छ। यो सेवा भारतबाहेकका अन्य देशमा भुक्तानी गर्न सकिनेछ।

    कार्ड कसरी लिने ?

    प्रिपेड डलर कार्ड लिनको लागि सबैभन्दा पहिला बैंक खाता अनिवार्य चाहिन्छ। यदि बैंक खाता छ भने त्यसको केवाईसी अपडेट भएको हुनुपर्छ।

    बैंक खातापछि राष्ट्र बैंकले प्यान कार्ड पनि अनिवार्य गरेको छ। प्यान कार्ड नभई यो कार्ड बनाउन नसकिने भएकाले अहिले बैंकका खाता भएकाहरु प्यान कार्ड लिनेहरु बढ्नथालेका छन्।

    ‘प्यान कार्ड नभएका ग्राहकलाई अनलाइनबाट यसरी प्यानकार्ड लिन सकिन्छ भनेर भनिरहेका छौँ’, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले भने।

    ग्राहकले यस्तो डलर कार्ड एउटा मात्र लिन सक्नेछन्। अर्थात् दुईवटा बैंकबाट दुईवटा लिन्छु भनेर पाइँदैन।

    यस्तो कार्ड व्यक्ति र संस्थागत रुपमा पनि लिन पाइनेछ।

    शुल्क कति लाग्छ ?

    अन्तर्राष्ट्रिय डलर भुक्तानी गर्न सकिने यो कार्ड बनाउन बैंकअनुसार फरक फरक शुल्क तोकिएको छ। कार्ड बनाउन सामान्य शुल्क लाग्ने शाक्यले बताए।

    बैंकअनुसार यो कार्ड लिँदा शुल्क फरक–फरक रहेको छ। जस्तो कि नबिल बैंकले यो कार्ड लिने शुल्क एक हजार तोकेको छ। त्यस्तै, ग्लोबल आईएमई बैंक र एनएमबी बैंकले ५ सय रुपैयाँमै यो कार्ड दिएका छन्।

    यसका साथै प्रत्येक वर्ष कार्डको नवीकरण गर्नुपर्ने सम्बन्धित बैंकहरुले जनाएका छन्।

    कार्ड हरायो, पिन हरायो भने पनि अर्को कार्ड लिन सामान्य शुल्कबाहेक अन्य शुल्क नलाग्ने उनीहरुको भनाइ छ।

    तर अन्तर्राष्ट्रिय भुक्तानीमा पहिलोदेखि लाग्दै आएको ‘क्रसबोर्डर ट्रान्ज्याक्सन’ शुल्क भने यसमा पनि लाग्नेछ। क्रसबोर्डर ट्रान्ज्याक्सनमा एक प्रतिशत शुल्क लाग्छ।

    राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल पेमेन्टमा विशेष ध्यान दिएर काम गरेकाले यो कार्डसँगै क्युआर कोड प्रयोगमा पछिल्लो समय व्यापकता आइरहेको शाक्यले बताए।

    प्रकाशित मिति :चैत्र १४ २०७७ शनिवार - १९:४४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij