Logo

२०८२ माघ १९ गते सोमवार

२०८२ माघ १९ गते सोमवार

बालेनलाई सोध्यो निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण

बालेनलाई सोध्यो निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण


  • 771
    Shares

    बालेनलाई सोध्यो निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन)लाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ । आयोगका अनुसार शाहको निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित श्रव्यदृश्य सामग्री प्राप्त भएपछि दोस्रो पटक स्पष्टीकरण माग गरिएको हो । 

    उक्त सामग्रीमा सादा पोसाकका प्रहरी शाहका लागि भोट माग्दै गरेको देखिएको उजुरी आयोगमा परेको आयोगले सोमबार जनाएको छ । शाहको निर्वाचन प्रचारका क्रममा उनकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको विषयमा आयोगले चासो व्यक्त गरेको छ ।

    यस सम्बन्धमा के कसो भएको हो भन्ने विषयमा स्पष्ट जवाफ माग्दै आयोगले शाहलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

    निर्वाचन आचारसंहिता, २०८२ विपरीत हुने गतिविधिमा उम्मेदवार वा उनका तर्फबाट संलग्न व्यक्ति रहेको पाइएमा प्रचलित निर्वाचन कानुनअनुसार कारबाही हुने आयोगले जनाएको छ ।

    प्रकाशित मिति :माघ १९ २०८२ सोमवार - १७:१०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij