Logo

२०८२ भाद्र २१ गते शनिवार

२०८२ भाद्र २१ गते शनिवार

रोमन श्रेष्ठ भए विभूति स्कुल टपर, एसईईमा ल्याए ४ जिपिए 

रोमन श्रेष्ठ भए विभूति स्कुल टपर, एसईईमा ल्याए ४ जिपिए 


  • 13.0K
    Shares

    रोमन श्रेष्ठ भए विभूति स्कुल टपर, एसईईमा ल्याए ४ जिपिए 
    images

    काठमाडौं । रोमन श्रेष्ठ विभूति स्कुल टपर भएका छन् । उनले यसपालिको एसईई परीक्षामा चार जिपीए नजिता प्राप्त गरी स्कुल टपर भएका हुन् । 

    अघिल्लो वर्ष २०७९ मा यस स्कुलमा अध्ययनरत दुईजना विद्यार्थीले चार जिपिए प्राप्त गरेका थिए भने यस वर्ष २०८१ मा रोमनले चार जिपिए प्राप्त गरेका छन् । 

    यो ऐतिहासिक नतिजाको श्रेय शिक्षक, जिम्मेवार अभिभावक र  अनुशासित विद्यार्थीहरूलाई दिन चाहेको स्कुलका निर्देशक डा.शंकरकुमार श्रेष्ठले बताए । 

    खासगरी विभूति स्कुलका बाबुनानीहरूले नतिजा राम्रो ल्याउनुको कारणबारे स्कुलका प्रधानाध्यापक राजेश्वर श्रेष्ठ भन्छन्, ‘यसको लागि सबैभन्दा पहिले त स्कुलमा अनुशासित वातावरण छ ।’ 

    ‘हाम्रो स्कुलमा एकदमै अनुभवी र दक्ष शिक्षकहरू हुनुहुन्छ र हामी विद्यार्थीहरूलाई  निरन्तर व्यक्तिगत फलोअप गर्छौँ । यतिसम्मकि  हामीले विद्यार्थीलाई  घरमा  विदाको समयमा कसरी पढ्ने भनेर समय तालिका दिएका छौँ, श्रेष्ठ भन्छन्, ‘उनीहरू कति बजे उठ्छन् ? कति बजे सुत्छन् ? विदाको दिन के गर्छन् ? कहाँ जान्छन् ? सबै कुरा अभिभावकसँग अपडेट लिन्छौँ र सोही अनुसार अझ राम्रो गर्न मोटिभेट गर्छौँ । कमीकम्जोरीहरू सुधार्न मोटिभेसनल कक्षाहरू सञ्चालन गरिरहेन्छौँ । हामी १० कक्षाको अभिभावकसँग मात्रै एक वर्षभित्र कम्तिमा २० भन्दा बढी मिटिङ गछौँ ।’

    उनी थप्छन्, ‘जसको कारण उनीहरूको स्कुल र घरमा भएको समस्याबारे  हामी दुवैपक्ष सजग हुन्छौँ । समस्या समाधानको लागि पहल गर्छौँ । हामी हरेक वर्ष माघ महिनापछि विद्यार्थीहरूलाई बेलुका स्कुलमै राखेर  प्रधानाध्यापक र सबै शिक्षकहरूको निगरानीमा राखेर पढाउँछौँ । यसरी विशेष योजना बनाएर पढाउन थालेपछि स्कुलले एकपछि अर्को उत्कृष्ट  नतिजा ल्याउन सफल भएको हो । यतिबेला स्कुलमा विद्यार्थीको चाप निकै बढेको छ । कक्षाकोठा अभावले  सबै आउन चाहनेलाई भर्ना लिन सकिएको छैन । प्रवेश परीक्षा राम्रो गर्नेलाई मात्र छनोट गरेर भर्ना लिन बाध्य भएका छौँ ।’

    यो वर्ष बैशाखको दोश्रो हप्तामा नै भर्ना रोक्नुपर्यो । हामीप्रति अभिभावकहरूको यति धेरै  विश्वास  र मायाले हामी  थप उत्साहित भएका छौँ । स्कुलको एकपछि अर्को उत्कृष्ट नतिजाले हामीलाई आगामी वर्षमा अझ राम्रो गर्न दबाब पनि सिर्जना गरेको छ । त्यसको लागि हामी प्रतिबद्ध छौँ । हामीले अहिलेदेखि नै विद्यार्थीहरूलाई सोही अनुसारको स्कुलिङ सुरु गरिसकेका छौँ । अबको हाम्रो योजना स्कुल प्रविधिमैत्री र व्यवहारिक शिक्षामा जोडदिँदै विभूति स्कुललाई एउटा उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने प्रधानाध्यापक श्रेष्ठले बताए । 

    उनले यस वर्षको एसईई परीक्षामा उत्तीर्ण सबै विद्यार्थीहरूलाई बधाई दिनुका साथै थप प्रगतिको कामना समेत व्यक्त गरेका छन् । 

    प्रकाशित मिति :आषाढ १४ २०८१ शुक्रवार - १२:५६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij