Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

६ लाख ६२ हजार नाघ्यो एमालेको पार्टी सदस्य, कुन प्रदेशमा कति ?

६ लाख ६२ हजार नाघ्यो एमालेको पार्टी सदस्य, कुन प्रदेशमा कति ?


  • 533
    Shares

    ६ लाख ६२ हजार नाघ्यो एमालेको पार्टी सदस्य,  कुन प्रदेशमा कति ?
    images

    काठमाडौं । नेकपा एमालेले पार्टीमा ६ लाख ६२ हजार ९६१ सदस्य रहेको जनाएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा महासचिव शंकर पोखरेलले पेस गरेको सांगठानिक प्रतिवेदनमा क्रियाशील सदस्य संख्या सार्वजनिक गरेका हुन् ।

    महासचिव पोखरेलका अनुसार कोशीमा १ लाख १४ हजार ७१०, मधेशमा १ लाख ५६ हजार ४१, बागमतीमा १ लाख १६ हजार ४९९, गण्डकीमा ५५ हजार ५१२ सदस्य रहेका छन् ।

    यस्तै, लुम्बिनीमा ८० हजार ३५२, कर्णालीमा ४७ हजार ६४७, सुदूरपश्चिममा ६३ हजार ११०, उपत्यका विशेष प्रदेश ८ हजार ७८१, सम्पर्कमा १३ हजार ७५२, भारत प्रवासमा १ हजार ७५२, प्रवासमा ४ हजार ६२० र केन्द्रीय कार्यालयमा ८५० सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

    प्रकाशित मिति :भाद्र २० २०८२ शुक्रवार - १८:०८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij