Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

सूचना प्रविधि विभागका महानिर्देशक पौड्यालले दिए राजीनामा

सूचना प्रविधि विभागका महानिर्देशक पौड्यालले दिए राजीनामा


  • 449
    Shares

    सूचना प्रविधि विभागका महानिर्देशक पौड्यालले दिए राजीनामा
    images

    काठमाडौं । सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले राजीनामा दिएका छन् । सूचना प्रविधि प्राविधिक समूहका सहसचिवको रूपमा विभागको नेतृत्व गरिरहेका उनले राजीनामा दिएको मन्त्रालयको प्रशासन तथा योजना महाशाखाका प्रमुख कोशहरि निरौलाले पुष्टि गरे । 

    राजीनामामा उनले व्यक्तिगत तथा पारिवारिक कारणले सेवामा निरन्तरता दिन नसक्ने उल्लेख गरेको निरौलाको भनाइ छ । 
     
    अहिलेसम्म सूचना प्रविधि प्राविधिकतर्फ सहसचिवभन्दा माथि बढुवा हुने ठाउँ छैन । सरकारले ल्याएको निजामती सेवा विधेयकले यसअघि अतिरिक्त सचिव राख्ने व्यवस्था गरेकोमा यो क्लस्टर समेत समावेश हुने अपेक्षा गरिएको थियो । 

    तर, प्रतिनिधिसभाबाट पारित भएको अतिरिक्त सहसचिव राख्ने विधेयक राष्ट्रिय सभाले परिवर्तन गरेको छ । यसलाई प्रतिनिधिसभाले समेत स्वीकार गर्ने अवस्था देखिएको छ । 

    पौड्यालले व्यक्तिगत तथा पारिवारिक कारण भनेर राजीनामा दिए पनि अब बढुवा हुनसक्ने ठाउँ नरहेको र कुरेर बस्दा कुलिङ पिरियडले अप्ठ्यारोमा पार्ने देखिएकोले अहिल्यै राजीनामा दिएको हुनसक्ने मन्त्रालयका अधिकारीहरूको अनुमान छ । 

    ‘उहाँ क्षमतावान् व्यक्ति हुनुहुन्छ, अन्त पनि अवसर पाउने क्षमता राख्नुहुन्छ, निजामती विधेयक आएपछि राजीनामा दिँदा २ वर्षको कुलिङ पिरियड लाग्ने भएकोले अहिल्यै छोडौँ भन्ने लागेको हुन सक्छ,’ मन्त्रालयका ती अधिकारीले भने ।

    प्रकाशित मिति :भाद्र २० २०८२ शुक्रवार - १७:२४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij